Logo

अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा

अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले मन्त्री पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले अर्थमन्त्रीमाथि प्रश्न उठीरहेकाले राजीनामा दिनुपर्ने बताएका हुन् ।
अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने उनको भनाई थियो । पछिल्लो समय अनधिकृत रुपमा बजेटको अघिल्लो दिन अनधिकृत व्यक्ति मन्त्रालयमा छिरेर बजेटमा करका दर हेरफेर गरेको आरोप लाग्दै आएको छ । यसका लागि छानविन गर्न मन्त्रालयको सीसीटिभी फुटेज माग्दा अर्थमन्त्रालयले फुटेज डिलेट भईसकेको प्रतिक्रिया दिएपछि यसले झन ठुलो रुप लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL