Logo

असारभित्रै फोहोरबाट ग्यास निकालिदै,महानगरपालिकाले प्रक्रिया अघि बढायो

असारभित्रै फोहोरबाट ग्यास निकालिदै,महानगरपालिकाले प्रक्रिया अघि बढायो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असारदेखि फोहोरबाट ग्यास नकाल्ने भएको छ । असारबाट ग्यास निकाल्ने गरि तयारी शुरु गरिएको महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।

शुक्रवार काठमाडौंमा आयोजिक महानगरपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘उपत्यकामा थुप्रिएको फोहोरबाट जैविक ग्यास निकाल्ने गरी महानगरले काम सुरु गरिसकेको छ ’ उनले भने ।

एउटै प्लान्टबाट फोहोर प्रशोधन गरी ग्यास, जैविक मल र पानी एकसाथ निकाल्ने तयारीमा महानगर रहेको छ । कठमाडौ महानगरपालिकाको १२ र १९ नम्बर वडाबाट उत्पादन हुने फोहोर संकलन गरी त्यसबाट ग्यास, मल र पानी उत्पादन गर्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

साथै कार्यक्रममा तामाङ्गले महानगरलाई सहर व्यवस्थापन गर्न कार्य क्षेत्राधिकार कम भएकोले नागरिकका विकास अपेक्षा पूरा गर्न नसकिएको बताए ।

उनले चाँडै नै बधशालाको व्यवस्थापन गर्न लागेको जानकारी दिए । कार्यक्रममा महानगरको प्रशासन तथा संगठन विकास विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले महानगरसँग सम्बन्धित गुनासा, वडा कार्यलयहरुबाट सुनुवाई नभए केन्द्रमा आएर सम्पर्क गर्न सेवाग्राहीहरुलाई आग्रह गरे ।

सो अवसरमा उपस्थित महानगरपालिकाका सवै वडाका प्रतिनिधिहरुको गुनासो र जिज्ञासाको सम्वोधान गरेका थिए ।

उनीहरुले महानगरपालिकामा सडक, खानेपानी तथा फोहोरको समस्या राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्