Logo

आगामी ६ पहिनापछि विजुलीका पोल हटाउँदै विद्युत प्राधिकरण, इन्टरनेटका तारले बाधा पुर्याउने

आगामी ६ पहिनापछि विजुलीका पोल हटाउँदै विद्युत प्राधिकरण, इन्टरनेटका तारले बाधा पुर्याउने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अबको ६ महिनापछि काठमाडौंका विद्युतीय पोल हटाउने योजना बनाएको छ । पछिल्लो समय शहरभरी विद्युतीय तार भुमिगत गरिररहेको प्राधिकरणले पोलबाट लिएका तारहरु सबै जमिनमुनिबाट लिएसँगै पोलहरु विस्थापन गर्ने योजना अघि सारेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार काठमाडौंमा आयोजना गरिएको विद्युतीय पूर्वाधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पोलहरु हटाउन सुरु गरिने बताए । तर, पोलमा झुण्डिएका इन्टरनेट र टेलिभिजनका तारहरु भने घाँडो हुने उनको भनाई छ । हाल इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले नेपाल विद्युत प्राधिकरणको विजुलीको पोल प्रयोग गर्दै ग्राहकको घरसम्म इन्टरनेट पुर्याईरहेका छन् ।

तर, प्राधिकरणले पोल नै विस्थापन गरी जमिनमुनि तार विछ्याउँदा पोल खाली हुने र सोही पोलहरु हटाईने उनको भनाई छ । तर, यस्तो कार्यमा भने इन्टरने सेवाप्रदायकले सहयोग गर्नुपर्ने उनले बताए ।

प्राधिकरणले नै आफ्नो तार भुमिगत गर्ने बेलामा इन्टरनेट सेवाप्रदायकका लागि भन्दै एउटा छुट्टै डक्टको व्यवस्था गरिदिएको छ । तर, इन्टरनेट सेवाप्रदायकहरु उक्त डक्ट प्रयोग गर्न अझै राजी भईसकेका छैनन् । जसका कारण इन्टरनेटका तारहरु पोलमै झुण्डिने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL