Logo

एक महिनामै १९ जीवन बीमा कम्पनीले आर्जन गरे ९ अर्ब बीमा शुल्क, निर्जीवनको कति ?

एक महिनामै १९ जीवन बीमा कम्पनीले आर्जन गरे ९ अर्ब बीमा शुल्क, निर्जीवनको कति ?



काठमाडौं । जेठ महिनामा मात्रै १९ जीवन बीमा कम्पनीहरुले ९ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार जेठ महिनामा मात्रै जीवन बीमा सेवा प्रदान गर्ने १९ कम्पनीहरुले ९ अर्ब ६ करोड ६० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । यस अवधिमा उनीहरुले ९ लाख २१ हजार ८ सय ९४ बीमालेख जारी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले जेठ महिनामा नविकरणिय शुल्क बापत ६ अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको समितिले जानकारी दिएको छ । जेठ महिनामा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनीको पहिलो सूचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीले उक्त महिनामा २ अर्ब ३२ करोड रुपैयाँ बीमाशल्क आर्जन गर्दा लाइफ इन्स्योरेन्स कर्पाेरेशनले १ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको छ ।

चालु आवको जेठ महिनासम्म अर्थात ११ महिनाको तथ्यांक हेर्दा सबै जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा सबै जीवन बीमा कम्पनीहरुले १ करोड २६ लाख ३२ हजार बीमालेख जारी गर्दै उक्त शुल्क आर्जन गरेका हुन् ।

यस्तै निर्जीवन बीमा कम्पनीहरुले भने चालू आर्थिक वर्षको ११ महिनासम्म ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ आर्जन गरेका छन् । यस अवधिमा २० निर्जीवन बीमा कम्पनीहरुले २५ लाख १७ हजार बीमालेख जारी गर्दै उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL