Logo

पहिलो चौमासमा लक्ष्यभन्दा ८ अर्ब २६ करोड बढी राजस्व संकलन

पहिलो चौमासमा लक्ष्यभन्दा ८ अर्ब २६ करोड बढी राजस्व संकलन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ मंसिर, काठमाडौं । अर्थ मन्त्रालयले चालू आथिर्क वर्षको पहिलो चौमासमा लक्ष्यभन्दा ८ आठ अर्ब २६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

मन्त्रालयले सो अवधिमा मन्त्रालयले १ खर्ब १४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ  । तर, मन्त्रालयले सो अवधिमा १ खर्ब ६ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धाण गरेको थियो । मन्त्रालयले चालू आथिर्क वर्षमा कुल ४ खर्ब २२ लाख ९० करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

असुली राजस्व मध्ये कर राजस्व बापत १ खर्ब तीन अर्ब १ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ भने गैरकर राजस्व तर्फ ११ अर्ब ८६ करोड ७२ लाख संकलन भएको अर्थमन्त्रालयले बताएको छ ।

कात्तिकसम्मको असुलीमा मुल्य अभिबृद्धि कर (भ्याट) को योगदान सवैभन्दा बढी ३२ प्रतिसत छ । भन्सार महसूलको योगदान २१, आयकरको योगदान १४,  अन्तःशुल्कको हिस्सा १५ र गैरकर राजस्वको अंश ११ प्रतिसत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्