Logo

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज (सोमबार) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४ सय रुपैयाँले बढेको हो ।

आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको थियो । आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL