काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ । आईतबार दुबै कम्पनीका अध्यक्षले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापत्रमा सूर्या लाइफ इन्स्योरेन्सका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरे ।
सम्झौता अनुसार दुई कम्पनीको स्वाप रेसियो भने डिडिएपछि मात्रै तय हुने बताईएको छ । हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ छ भने ज्योति लाइफको २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । मर्जर पछि दुई बीमा कम्पनीको पूँजी कोष ६ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।