Logo

अन्तरराष्ट्रिय व्यापार मेला चैत ४ देखि, तयारी अन्तिम चरणमा

अन्तरराष्ट्रिय व्यापार मेला चैत ४ देखि, तयारी अन्तिम चरणमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तरराष्ट्रिय व्यापार मेला २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ । चैत ४ गतेदेखि हुने भनिएको सो मेलाका अधिकांश काम सकिएको आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।

नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुंदै आएको छ । यो पांचौै संस्करण हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग एवं महासंघको पहलमा महासंघका सदस्य उद्योग वाणिज्य संघहरुको आयोजनामा देशका विभिन्न भागहरुमा जिल्ला तथा क्षेत्रीय मेला महोत्सवहरु आयोजना हुंदै आएको छन् । महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहेका छन् ।

३ सय भन्दा बढी स्टल मार्फत अन्तर्राष्ट्रिय व्यापार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । यस वर्ष मेलामा मेलामा भारत र चीन लगायत वंगलादेश, पाकिस्तान, थाइल्याण्ड, भुटान, ताइवान लगायत देशका कम्पनीहरुको सहभागिता रहने छ भने जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गर्ने छन् ।

मेलामा चाइना एक्जिविशन एण्ड फोरम प्रालि र इण्डियन चेम्वर अफ कमर्सको नेतृत्वमा मित्रराष्ट्र भारत र चीनबाट क्रमशः ७० र ९० वटा स्टलहरु रहने छन् ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहने छन् । त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यन्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहने छन् ।

त्यसैगरि अन्तर्राष्ट्रिय व्यापार मेलामा जडीवूटी र नेपाल व्यापार रणनीति अन्तरगत रहेका वस्तु तथा सेवा (एनटीआइएस)हरुको प्रदर्शनी हुनेछ जसमा विभिन्न ७० वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहने छ । मेलामा एनटीआइएसको प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य मेलाको छ ।

 

प्रतिक्रिया दिनुहोस्