Logo

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय, पेट्रोलमा २० र डिजलमा २८ घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय, पेट्रोलमा २० र डिजलमा २८ घट्यो



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ घटाएको जानकारी दिएका छन् ।

उनका अनुसार पेट्रोलमा १९९ बाट घटाएर १७९ रुपैया कायम गरिएको छ भने डिजेल मट्टीतेलमा २८ रुपैया घटाइएको छ । अब डिजेल(मट्टीतेल १६३ रुपैयाँ कायम गरिएको छ ।

यस अघि शनिबार बिहान बसेको गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको कर कम गरेर मुल्य घटाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL