Logo

कर घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन गठबन्धनको सरकारलाई निर्देशन, मन्त्री बडुले आकस्मिक पत्रकार सम्मेलन गर्दै

कर घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन गठबन्धनको सरकारलाई निर्देशन, मन्त्री बडुले आकस्मिक पत्रकार सम्मेलन गर्दै



काठमाडौं । सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको छ । शनिबार बिहान बसेको बैठकमा आजै मन्त्रिपरिषदको बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, वजारको अनुगमन कडाईका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मुल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए ।

पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषदको बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मुल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो ।

पौडेलले भने,‘मैले सरकार वजारमा हस्तक्षेप गरेर मूल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेको हो । खाद्य संस्थान र साल्ट ट्रेडिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ । सरकारले राज्यका सवै निकायलाई प्रयोग गरेर मुल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्छ ।

त्यस्तै गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिएको छ ।

गठबन्धनको निर्देशन आएलगत्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आकस्मिक पत्रकार सम्मेलन बोलाएका छने । पेट्रोलियम पदार्थको मूल्यसम्बन्धमा महत्वपूर्ण योजना घोषणा गर्न आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको मन्त्री बडुको सचिवालयले जनाएको छ । मन्त्रालयको सभाकक्ष सिंहदरबारमा केहीबेरमा पत्रकार सम्मेलन आयोजान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL