Logo

जेम एण्ड ज्वेलरी एक्स्पो २०१६ आगामी जेठमा,परम्परागत तथा आधुनिक गहना प्रदशर्न गरिने

जेम एण्ड ज्वेलरी एक्स्पो २०१६ आगामी जेठमा,परम्परागत तथा आधुनिक गहना प्रदशर्न गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६ आगामी जेठ देखि आयोजना हुने भएको छ । काठमाडौंको याक एण्ड यती होटलम हुने एक्स्पो ३ दिनसम्म चल्ने छ । एक्स्पोमा व्यापार तथा निर्यात प्रबद्र्धन वmेन्द्र एवं नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स आदि मुलुकका निजि क्षेत्रका छाता संगठनहरुको सहयोग र समर्थन रहेको छ ।

६० वटा स्टलहरु रहने एक्स्पोमा मुलुक भरका प्रतिनिधि गरगहना व्यवसायीहरुका साथै विभिन्न मुलुकका ज्वेलर्सहरु पनि सहभागी रहने विश्वास आयोजकले गरेको छ ।

एक्स्पो आयोजनाको लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको संयोजकत्व एवं नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणि रत्न शाक्यको सह–संयोजकत्वमा एक्स्पो मूल आयोजक समिति र विभिन्न विषयगत समितिहरु गठन गरिएको छ ।

एक्स्पोमा भारत, चीन, थाइल्याण्ड, श्रीलंका, सम्पूर्ण सार्क राष्ट्रहरु र जापान तथा युरोपियन राष्ट्रहरुमा समेत सहभागीको लागी अनुरोध गरिने आयोजकले जानकारी दिएको छ ।
नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य रहेको बताइएको छ ।

एक्स्पोमा परंपरागतका साथै आधुनिक नेपाली गरगहनाहरुको प्रदर्शनी गरिने छ । त्यस्तै । रत्न तथा पत्थर प्रशोधन, आभुषणको गुणस्तर परीक्षण बारे कार्यशाला आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्