काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नियमावली विरुद्ध परेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएको छ । अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।
मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू(उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।
उक्त निर्णय विरुद्ध विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही अुनसार रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।