Logo

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उहाँले सरकारका नाममा रुलिङ गरेका हुन्।

सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताए । सभामुखले भने, “माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यस विषयमा सरकारलाई सत्यतथ्य सदन समक्ष पेश गर्न निर्देश गर्दछु ।”

नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । उक्त मूल्यवृद्धिलाई लिएर सदनदेखि सडकसम्म विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL