Logo

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार हुँदैं

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन आइतबार ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL