Logo

सुनको प्रतितोला तीन सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको प्रतितोला तीन सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा (आज) आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ९७ हजार आठ सय रुपैयाँ रहेको आज घटेर प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL