Logo

प्रभु इन्स्योरेन्सको शाखा जोमसोममा, शाखा संख्या १९ पुग्यो

प्रभु इन्स्योरेन्सको शाखा जोमसोममा, शाखा संख्या १९ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु इन्स्योरेन्सले मुस्ताङको जोमसोममा शाखा विस्तार गरेको छ । एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त कार्यलयबाट बीमा सम्बन्धी सम्पूर्ण कारोवार हुने छ । उक्त शाखा स्थापनासँगै कम्पनीको शाखा संख्या १९ पुगेको छ ।

उद्घाटनको क्रममा अध्यक्ष केसीले दुर्गम क्षेत्रमा बीमा कम्पनीको शाखा कार्यालय स्थापना भएसँगै ग्रामीण भेगका जनता तथा कृषकहरुले बीमा सेवा सहज रुपमा प्राप्त गर्नसक्ने बताए । साथै, सो क्षेत्रको कृषि, फलफूल तथा पशु बीमा गर्ने अवसर समेत प्रभु इन्स्योरेन्सलाई प्राप्त भएकोले उक्त अवसरको सदुपयोग गर्न आग्रह गरे ।

सो अवसरमा कम्पनीका उपाध्यक्ष राजेन्न्द्र मल्लले शाखा कार्यालय स्थापनाबाट सो क्षेत्रका ग्राहकवर्गलाई प्रभावकारी रुपमा स्तरिय सेवा सुविधा प्रदान गर्ने बताए । साथै, कृषि तथा पशु बीमामा नेपाल सरकारले ७५ प्रतिशत बीमाशुल्क अनुदान प्रदान गरेकोले आफ्नो कृषि तथा पशुको बीमा गराई लाभ लिनका समेत उनले आग्रह गरे ।
सो क्षेत्रका बैंक तथा वित्तीय क्षेत्रले समेत आफ्ना ग्राहक तथा ऋणीहरुलाई सशक्त रुपमा ऋण प्रबाह गरी आफ्नो सम्पत्तिको अनिवार्य बीमा गराउने व्यवस्था मिलाउन आग्रह गरे ।

कार्यक्रममका कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य, स्थानीय नेता तथा बुद्धिजीविहरु, स्थानीय बैक तथा वित्तीय संस्थाहरुका प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL