Logo

जिफन्टले मनायो १०६ औं श्रमिक महिला दिवस, नारामै सिमित हक अधिकार

जिफन्टले मनायो १०६ औं श्रमिक महिला दिवस, नारामै सिमित हक अधिकार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) ले १०६ औं अन्तरािष्ट्रय श्रमिक महिला दिवस ¥याली सहित मनाएको छ । समान कामको समान ज्याला, महिला अधिकार मानव अधिकार, हरेक निर्वाचित निकायमा समान अधिकार, आईएलओ महासन्धि नं ८७ अनुमोदन गरलगायतका नारा सहित जिफन्टले श्रमिक महिला दिवश बनाएको छ । तर बर्षेपिच्छे महिला अधिकारको नारा बोकेर दिवश मनाएपनि हालसम्म नारामा मात्रै सिमति हुन पुगेको छ ।

कार्यक्रममा सहभागीहरुले श्रम सम्वन्धि ऐन कानूनहरु तुरुन्त जारी गर्नुपर्ने, १० प्रतिशत श्रमिक प्रतिनिधित्वको ग्यारेण्टीलगायतका माग समेत राखेका थिए । तर हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जिफन्टको मुख्य कार्यालय पुतलीसडकबाट सुरु भएको ¥याली रानीपोखरीमा पुगेर सम्पन्न भएको थियो ।

सो अवशरमा बोल्दै जिफन्टकी उपाध्यक्ष उपाध्यक्ष गोमादेवी आचार्यले हाल देशको राष्ट्रपति, सदनको सभामुख लगायतमा महिला पुग्नु ठूलो उपलव्धी भएपनि त्यसको निरन्तरताको ग्यारेन्टी हुनुपर्ने बताइन । कानूनी रुपमा ८ मार्चको दिन सार्वजनिक विदा दिने व्यवस्था गरिएको भएपनि अहिले पनि धेरै उद्योग, कारखानाहरुमा त्यो सुविधाबाट वञ्चित गरिएको उनको भनाइ थियो ।

संविधानले महिलाका केहि अधिकारलाई सुनिश्चित गरेको भन्दै प्राप्त उपलव्धी अझै अपर्याप्त रहेको उनको धारणा थियो । निर्णायक तहमा हस्तक्षेपकारी भूमिका निर्माणका लागि श्रमिक महिलालाई अझ संगठित गर्न आवश्यक रहेको भन्दै जहाँ श्रमिक त्यहाँ जिफन्टको अभियानलाई सफल बनाउन लागिपर्न आग्रह गरिन् ।

कार्यक्रममा अखिल नेपाल महिला संघकी कार्यवाहक अध्यक्ष गोमा देवकोटा, जिफन्टकी उपाध्यक्ष गोमादेवी आचार्य, सचिव बेलीमाया घले लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL