काठमाडौं । शुक्रबार नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले उकालो लागेको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।