काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । प्रारम्भिक चरणको मतगणनामा महामन्त्री पदमा शशांक कोइराला अगाडी देखिएका छन् ।
३ सम मत गणना गर्दा शशांक कोइरालाले १ सय २५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै अर्जुननरसिंह केसी आएका छन् । उनले ९१ मत प्राप्त गरेका छन् ।
महामन्त्रीका अर्का उम्मेदवार युवा नेता गगन थापाले भने सवैभन्दा कम मत प्राप्त गरेका छन् । ३ सय मत गणना गर्दा ७१ मत प्राप्त गरेका छन् ।
यस्तै महामन्त्री पदमा पनि सीतादेवी यादव अगाडी छिन् । ३ सय मत गणना गर्दा उनले १ सय २४ मत प्राप्त गर्दा उनलाई चित्रलेखा यादवले १ सय मत प्राप्त गरी पछ्याइरहेकी छिन् ।