Logo

१८ सय २२ भोट ल्याएर कांग्रेस सभापतिमा देउवा विजयी, प्रजातन्त्रको जीत भएको प्रतिक्रिया

१८ सय २२ भोट ल्याएर कांग्रेस सभापतिमा देउवा विजयी, प्रजातन्त्रको जीत भएको प्रतिक्रिया


बिजखबर संवाददाता
0
Shares

लगातार तेस्रो पटकको प्रयास पछि शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति बनेका छन् । पार्टीको १३ औं महाधिवेशनमा प्रतिद्घन्द्धी रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापतिमा निर्वाचित भएका हुन् ।
सोमवार भएको दोस्रो चरणमाको मतदानमा देउवाले १८ सय २२मत प्राप्त गरेर विजयी भएका हुन् । प्रतिद्घन्द्घी पौडेलले १२ सय ९६ मत प्राप्त गरेका थिए । कुल खसेको ३१ सय ४० मतमध्ये देउवाले झण्डै ६० प्रतिशत मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् ।
देउवा गिरिजाप्रसाद कोइरालासँग दुई पटक र शुसिल कोइरालासँग एक पटक गरी तीन पटक सभापतिमा पराजित भएका थिए । तेह्रो महाधिवेशनमा उनले संस्थापनकै नेता पौडेललाई हराएका हुन् ।
को हुन देउवा ?
शेरबहादुर देउवाको जन्म सन् १९४६ जुन १४ मा डडेल्धुराको असिग्राम गाविसको रुवाखोलामा भएको हो । उनी किसान परिवारमा जन्मिका थिए । देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् । त्यस्तै, लन्डन स्कुल अफ इकोनोमिक्सबाट मानार्थ डिग्रीसमेत हासिल गरेका छन् । देउवा २०५१ र २०५६ को निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए । २०६४ को पहिलो संविधानसभा र दोस्रो संविधानसभामा समेत उनी निर्वाचित भएका थिए । देउवा सवैभन्दा बढी तीन पटक प्रधानमन्त्री हुने नेतामा पर्दछन् । २०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।
सभापतिमा निर्वाचित भएपछि देउवाले प्रजातन्त्रको जीत भएको प्रतिक्रिया दिएका छन् । उनले सवैलार्य मिलाएर लैजाने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्