Logo

एकल इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध, खरिदमा समेत रोक

एकल इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध, खरिदमा समेत रोक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एकल इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एकल इञ्जिन भएका जहाज दुर्घटना हुने क्रम बढेसँगै यात्रु बोक्न प्रतिबन्ध लगाएको हो । उक्त जहाजलाई कार्गोका रुपमा मात्रै सञ्चालन गर्ने दिने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।

कार्गोका लागि पनि प्रत्येक महिना नेपाल नागरिक उड्यन प्राधिकरणमार्फत प्राविधिक परीक्षण गनुपर्ने हुुन्छ । परीक्षण पछि प्राप्त प्रतिवेदनका आधारमा मात्र उडाउने दिने निर्णय गरेको छ ।

नयाँ व्यवस्था अनुसार एकल इन्जिन भएका जहाज उडाउनु अगाडि परीक्षण गरी दैनिक लगबुक राख्ने पर्नेछ । साथै, त्यसको अनुगमनका आधारमा मात्र उडान अनुमति प्रदान गर्ने मन्त्रालयले जनाएको छ भने त्यस्ता जहाज खरिदमा भने प्रतिबन्ध गर्ने निर्णय पनि गरेको मन्त्रालयले जनाएको छ ।

फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको एकल इन्जिन विमान कालिकोटको चिलखायामा दुर्घटना भएपछि सरकारले त्यस्ता विमान सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो । नेपालमा एकल इन्जिन भएका विभिन्न ३ कम्पनीका ५ वटा जहाज छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL