Logo

सिटौला र खड्काले पौडेललाई समर्थन गर्दै, देउवालाई ठूलो धक्का

सिटौला र खड्काले पौडेललाई समर्थन गर्दै, देउवालाई ठूलो धक्का


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेललाई कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले सहयोग गर्ने भएका छन् । पहिलो चरणमा कसैको पनि स्पष्ट बहुमत नआएपछि दोस्रो चरणमा हुने मतदानका लागि सिटौला र खड्काले सभापतिमा पौडेललाई समर्थन गर्ने भएका हुन् ।

पहिलो निर्वाचनमा सभापतिका उम्मेदवार सिटौलाले ३ सय २४ मत प्राप्त गरेका थिए । तर, दोस्रो चरणको निर्वाचनमा भने सिटौलाले संस्थापन पक्षकै उम्मेदवार पौडेलालाई समर्थन गरेको एक अधिकारीले जानकारी दिए । यसैगरी, पहिलो चरणमा शेरवहादुर देउवालाई समर्थन गरेका खुमबहादुर खड्काले पनि दोस्रोचरणमा पौडेललाई समर्थन जनाएका छन् । देउवाको पिल्लरको रुपमा रहेको खड्काले पौडेललाई समर्थन गरेसँगै उनलाई ठूलो धक्का लाग्ने छ ।

संस्थापन पक्षको विहानदेखि याक एण्ड यती होटलमा भएको लामो समयको बैठकले सिटौला र खड्कालाई मिलाउन सफल भएका हुन । खड्काको ३ सयभन्दा मत रहेको अनुमान गरिएको छ भने पहिलो चरणमा ३ सय २४ मत प्राप्त गरेका  सिटौलाको समर्थनसँगै पौडेलको पक्षमा ६ सय मत थपिने अनुमान छ । खड्का र सिटौलाले पैडेललाई समर्थन गरेसँगै पौडेलको जित निश्चित जस्तै रहेको एक नेताले बताए । तर, उनीहरुले समर्थन गर्दा उनीहरुको खेमाको कति भोट पौडेललाई जान्छ भन्ने एकिन गर्न नसकिने उक्त नेताको भनाइ छ ।

खड्काले पौडेलालाई समर्थन गरेको जानकारी दिनका लागि पत्रकार सम्मेलनै गर्ने तयारी भएको सस्थापन पक्षका एक नेताले जानकारी दिए । यदि पत्रकार सम्मेलन नगरेमा मतदान स्थलमै पुगेर पौडेलका लागि भोट माग्ने प्रतिवद्धता जनाइसकेको उक्त नेताको भनाइ थियो ।

विहान देखि भएको संस्थापन पक्षको बैंठकमा रामचन्द्र पौडेल, डा. रामशरण महत, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडुलगायतको नेताको सहभागिता रहेको थियो । तर, सो छलफलमा सिटौला र खड्का भने पुगेका थिएनन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले पहिलो चरणको निर्वाचनमा १ हजार ५ सय ६४ मत प्राप्त गरेका थिए । तर, खड्काको समर्थन हटेसँगै उनलाई ३ सय मतको धक्का पुग्ने अनुमान छ । यता पौडेललाई भने सिटौला प्यान र खड्काको समेत गरी ६ सय मत थपिने अनुमान छ । पहिलो चरणमा ११ मतले सभापति हुनबाट चुकेका देउवालाई खड्काको समर्थन हटेमा ठूलो धक्का लाग्ने छ । तर, सिटौला र खड्काले अझैपनि देउवासँग वार्गेनिङ चलिरहेको उच्च स्रोतले जानकारी दिएको छ । सिटौला र खड्काले जसलाई समर्थन गर्यो उसकै जित निश्चित जस्तै छ ।

पौडेललाई मतदान गर्नका लागि विभिन्न ४८ जिल्लाका जिल्ला सभापतिले हस्ताक्षर नै गरेर समर्थन गरेको बर्दियाका कांग्रेस जिल्ला सभापति सञ्जय गौतमले जानकारी दिए । उक्त हस्तारक्ष सहितको समर्थनको केही बेरमै प्रेश विज्ञप्ती जारी गरेर जानकारी दिइने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL