Logo

देउवालाई सभापति बन्न ११ मतले रोक्यो, दोस्रो चरणको निर्वाचन २ बजेबाट

देउवालाई सभापति बन्न ११ मतले रोक्यो, दोस्रो चरणको निर्वाचन २ बजेबाट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली कांग्रेसमा वरिष्ठ नेता शेरवहादुर देउवालाई सभापति बन्नको लागि ११ मतले रोकेको छ । पहिलोचरणको मतदानमा स्पष्ट बहुमत नल्याएपछि बढी मत प्राप्त गरेपनि देउवा सभापति हुन सकेनन् ।

कांग्रेस महाधिवेशनमा वरिष्ठ नेता देउवाले १ हजार ५ सय ६४ मत प्राप्त गरे । कुल ३ हजार १ सय ४८ मत खसेकोमा उनले सो मत प्राप्त गरेका हुन् । सभापति बन्नको लागि कुल खसेको मतबाट १ हजार ५ सय ७५ मत आवश्यक पर्ने थियो ।

सभापतिको लागि पहिलो चरणमा कसैपनि स्पष्ट बहुमत नआएपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । दोस्रो चरणको निर्वाचन कार्यवाहक सभापति पौडेल र वरिष्ठ नेता देउवाबीच हुने भएको छ । दोस्रो चरणको निर्वाचन दिउसो २ वजेबाट हुने कांग्रेसका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL