Logo

विना जानकारी पक्राउ गरिएकोमा व्यवसायीको आपत्ती,पाण्डे भन्छन् ‘कारण अझै थाहा भएन ’

विना जानकारी पक्राउ गरिएकोमा व्यवसायीको आपत्ती,पाण्डे भन्छन् ‘कारण अझै थाहा भएन ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका लोमस फर्मास्युटिकल्स र देउराली जनता फर्मास्युटिकल्सका संचालक आइतवारदेखि आफ्नो काममा फर्किएका छन् । प्रहरीको निर्देशन अनुसार आइतवार विहान प्रहरी परिसरमा उपस्थित भएपनि गर्नुको कारणलगायत कुनै जानकारी नआएपछि काममा फर्किएको लोमश फर्मास्युटिकल्सका संचालक प्रवलजंग पाण्डेले जानकारी दिए ।

प्रहरीको नियन्त्रणबाट बाहिर आइसक्दा पनि पक्राउ पर्नुको कारण थाहा नभएको उनले बताए । ‘विना जानकारी पक्राउ गर्यो,’ उनले भने ‘छोड्दासम्म पनि पक्राउ पर्नुको कारण खुलाइएको छैन ।’ रिहा भएपछि बाहीरबाट बढी मूल्यमा औषधी विक्री गरेको भन्दै पक्राउ गरेको सुन्नमा आएको समेत उनले जानकारी दिए । साथै हचुवाको भरमा पक्राउ गर्नु प्रहरी प्रशासनको ज्याजती भएको भन्दै पाण्डेले त्यसप्रति आक्रोस पोखे ।

प्रहरीले लोमश फर्मास्युटिकल्सका संचालकद्धय प्रवलजंग पाण्डे, प्रज्वलजंग पाण्डे र देउराली जनताका भाइस प्रेसिडेन्ट निगम अधिकारी र प्रवन्धक नीलराज आचार्यलाई पक्राउ गरेको थियो ।
निजी क्षेत्रको पत्रकार सम्मेलनपछि सरकार र प्रहरीमाथि ठूलो दबाब परेकोले उनीहरुलाई शनिबार राती साढे एघार बजे रिहा गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले शनिबार पत्रकार सम्मेलन गरी पक्राउ परेका उद्योगी रिहाको माग गर्दै आइतबारदेखि औषधी उत्पादन ठप्प पार्ने जानकारी दिएको थियो । परेको थियो । महानगरीय प्रहरी परिसर प्रमुख विक्रमसिंह थापाको नेतृत्वमा शुक्रवार दुई औषधी उद्योगमा छापा मारेर संचालकहरु पक्राउ गरेको थियो ।

उनले प्रहरीले कानुनविपरित उद्योगीलाई हत्तोसाहित गर्न पक्राउ गरिएको बताए । कुन कारण तथा कानुनका आधारमा हामीलाई पक्राउ गरिएको हो भन्ने पनि थाहा भएन उनले भने ।‘औषधीको मूल्य बढी लिएको आरोपमा हो भने अन्तर्रा्ष्ट्रिय बजारको आधारमा हुन्छ ।’

अमेरिकी डलरको अवस्थाका आधारमा औषधीको भाउ निर्धारण हुनेउनले बताए । सरकार र प्रहरीले वस्तुस्थिती नबुझी उद्योगीलाई निरुत्साहित गर्न पक्राउ गरेको आरोप उनको छ ।

प्रतिक्रिया दिनुहोस्