काठमाडौं । साताको पहिलो दिन आइतवार स्थानिय बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । सो दिन सुनको भाउ प्रतितोला ५६ हजार २ सयमा कारोवार भएको छ ।
शुक्रवार प्रतितोला ५६ हजार ५ सयमा कारोवार भएको सुन आज ३ सयले घटेको हो ।
यता चाँदीको भाउमा भने सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आइतवार चाँदी प्रतितोला ७ सय ३० मा कारोवार भएको छ ।
शुक्रवार चाँदी प्रतितोला ७ सय २५ मा किनबेच भएको थियो ।