Logo

निजी क्षेत्रले प्रश्न गर्यो, ‘धन्यवाद दिनुपर्ने औषधि उद्योगीलाई किन धरपकड ?’ तत्काल रिहा नगरे उद्योग बन्द गर्ने चेतावनी

निजी क्षेत्रले प्रश्न गर्यो, ‘धन्यवाद दिनुपर्ने औषधि उद्योगीलाई किन धरपकड ?’ तत्काल रिहा नगरे उद्योग बन्द गर्ने चेतावनी


बिजखबर संवाददाता
0
Shares

निजी क्षेत्रले औषधि उद्योगीलाई सामाजिक न्यायको सिद्धान्ता विपरित पक्राउ गरेकोे भन्दै तत्काल रिहाईको माग गरेको छ । निजी क्षेत्रका प्रतिनिधिमूल्क संघसंस्थाले बिहीवार पक्राउ परेका लोमस फर्मास्यूटिकल्स र देउराली जनता फर्मास्यूटिकल्सका सञ्चालकलाई विना शर्त तत्काल रिहा गर्न माग गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स , औषधि उत्पादक संघ र औषधि व्यवसायी संघले शनिवार संयुक्त पत्रकार सम्मेलन गरी प्रहरीद्वारा नियन्त्रणमा लिइएका औषधि उद्योगीलाई तत्काल रिहाई गर्न माग गरेका हुन ।

प्रहरीले शुक्रवार कालोबाजरीको आरोपमा लोमस फर्मास्युटिकल्स र देउराली जनता फर्मास्युटिक्लसमा छापा हानी सञ्चालकहरुलाई पक्राउ गरेको थियो । प्रहरीले लोमसका सञ्चालकद्वय प्रबलजंग पाण्डे तथा प्रज्ज्वलजंग पाण्डे र देउराली जनताका महाप्रबन्धक नीलराज आचार्य र उपाध्यक्ष निगमराज अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीले सरकारले तोकोभन्दा दोब्बर मूल्यमा औषधिक विक्री गरकोे भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

राष्ट्र र जनतालाई सेवा पु¥याई राष्ट्रिय ढुकुटीमा आर्थिक योगदान समेत दिइरहेका उद्यमीलाई धन्यवाद दिनुको साटा धरकपड गर्नु आफैमा निन्दनीय भएको महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । व्यवसायीहरु माथि श्रृंखलावद्ध रुपमा धरपकडका कार्य अविलम्व नरोकिए निजी क्षेत्र कडा भन्दा कडा कमद उठाउन बाध्य हुने उनले बताए । ‘अप्रमाणित, एकोहोरो र भरपर्दो सूचना विनानै एकतर्फी रुपमा धरपकड गर्नु कुनै पनि सामाजिक न्यायको सिद्धान्तभित्र पर्दैन’ उनले भने, ‘सरकारको यस प्रकारको रवैयाबाट निजी क्षेत्र अत्यन्त दुःखित, चिन्तित र दिक्क भएको छ । सरकारको यस प्रकारको कार्यको निजी क्षेत्र घोर निन्दा एवं भत्सर्ना गर्दछ ।’ अध्यक्ष मुरारकाले वजारमूखी अर्थतन्त्रमा वस्तु र सेवाको मूल्य माग र आपूर्तिको आधारमा निर्धारित हुने सामान्य सिद्धान्त रहेको भन्दै कुनै पनि वस्तुको मूल्य उत्पादकले तोक्न पाउनुपर्ने बताए ।

करीब ६ महिनाको तराई आन्दोलन, ४ महिना भन्दा बढीको अघोषित नाकावन्दी र त्यस अघिको विनासकारी भुकम्पबाट जर्जर भई जेनतेन संचालनमा आउन लागेका उद्योग व्यवसायहरु माथि विभिन्न वहानामा सरकारले प्रहरी प्रशासनको वलमा धरपकड गर्ने, नियन्त्रणमा लिने तथा मुद्धामामला लगाई उनीहरुमा मानसिक त्रास उत्पन्न गराएको उनले बताए । उद्योगीका वारेमा राम्रो अध्ययन र छानवीन नगरी एकाएक छापा मार्ने र कालोवजारीको विल्ला भिराई नियन्त्रणमा लिने तथा मुद्दा चलाउने प्रक्रिया त्रुटिपूर्ण हुनुका सथै न्यायसंगत पनि नभएको ती संस्थाको ठहर छ । यसले सिंगो निजी क्षेत्रलाई नै हतोत्साहित तथा मानमर्दन गरेकाले भन्दै उनीहरुले पक्राउ परेका व्यवसायीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले नियन्त्रणमा लिएका उद्योगीलाई तत्काल रिहा नगरे सवै औषधि उद्योग बन्द गर्ने चेतावनी दिए । उनले  नियन्त्रणमा लिएका व्यवसायलिाई वीना सर्त रिहा गरी औषधिको मूल्य तोक्न विज्ञहरु समेतको अधिकार सम्पन्न मूल्य निर्धारण सुझाव आयोग बनाउन माग गरे ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले लोमस फर्मास्युटिकल्स प्रालि र देउराली जनता फर्मास्यूटीकल्स प्रालिमा प्रहरी प्रशासनको छापा र सञ्चालक माथि भएको धरपकड प्रति गम्भिर ध्यानकर्षण भएको बताए । पक्राउ परेकाहरुलाई तत्काल रिहाई गर्न माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्