Logo

सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठक पोखरामा हुने,तीन समिति गठन गरिदै

सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठक पोखरामा हुने,तीन समिति गठन गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठक चैत १ देखि ४ गतेसम्म पोखरामा गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पोखरामा हुने बैठक सार्कको परराष्ट्रमन्त्रीस्तरीय ३७औँ बैठक हो ।

बैठकले उक्त सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकका लागि तीन वटा समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

सार्कको परराष्ट्रस्तरीय बैठकका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वमा समिति, परराष्ट्रसचिव शङ्करदास बैरागीको नेतृत्वमा छ सदस्यीय समिति र परराष्ट्रमन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईको नेतृत्वमा पाँच सदस्यीय कार्यक्रम समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले ऐन निर्माणको विषयमा केही सैद्धान्तिक सहमतिसमेत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ल्याउने महाअभियोग कार्य्िवधिसम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL