Logo

सवारी लाइसेन्सको सकस : बिहान साढे ७ नबज्दै लाइसेन्सको अनलाइन आवेदनको ‘कोटा फुल’

सवारी लाइसेन्सको सकस : बिहान साढे ७ नबज्दै लाइसेन्सको अनलाइन आवेदनको ‘कोटा फुल’



काठमाडौं । यातायात व्यवस्था विभागले गत हप्ताको बुधबारदेखि संचालनमा ल्याएको सवारीचालक अनुमतिपत्रको अनलाईन आवेदन फारमले झन बढी अन्यौलता सिर्जना गरिदिएको छ । प्रतिदिन ९ हजार जनाको मात्रै आवेदन लिनेगरी बनाइएको कोटा प्रणाली बिहान साढे ७ नबज्दै कोटा फुृल (पुरा) हुने गरेको छ । यसका कारण दिनभर आवेदन भर्न पाईँदैन । जसले लाइसेन्सका लागि आवदेन दिन चाहनेहरु अन्यौलमा परिरहेका छन् ।

विभागले १५ दिनभित्रै कार्यालय भिजिटको पालो आउनेगरी विकास गरेको उक्त प्रणालीमा १ दिनमा नेपालभरका कार्यालयमार्फत ९ हजार जनाले मात्रै दिन सक्छन् । विभागले विहान ७ बजेदेखि अनलाइन आवेदन लिने काम सुरु गर्छ । आवेदन खुलेको केही बेरमै कोटा पूर्ण हुन्छ र दिनभर यत्तिकै बस्नुपर्ने अवस्था छ । तर, यसले धेरैजसो आवेदकहरु भोलिका लागि कुरेर बस्छन र प्रणाली खुल्नेवित्तिकै आवेदन भर्न थाल्दा कोटा पूर्ण भइसकेको हुन्छ । विभागले सहजताका लागि यो व्यवस्था गरेपनि यसले सेवाग्राहीका लागि पुरानै दुःख फेरि दोहोरिएको छ ।

विभागले खासगरी धेरै आवेदकहरुको कार्यालय भिजिट गर्ने मिति २ देखि ३ बर्ष पछिसम्म पुगेकाले पुरानो प्रणालीलाई खारेज गरी नयाँ प्रणाली विकास गरेको थियो । सोहीअनुसार करिव २ बर्षपछिसम्म पालो परेका सेवाग्राहीहरुको पुरानो आवेदनहरु रद्द भएका छन् भने हाल नयाँ प्रणालीमार्फत आवेदन दिनेले १५ दिनमै पालो पाउँछन् । तर, आवेदन भर्नेबेलामा भने सकस भोगिराख्नुपरेको सेवाग्राही बताउँछन् ।

विभागको प्रणाली विकास गर्ने बेलामा नेपालभरका सबै कार्यालयहरुको एक दिनको सेवाग्राही धान्न सक्ने क्षमताका आधारमा कोटा तोकिएको थियो । जसअनुसार प्रतिदिन सबै यातायात कार्यालयहरुले ९ हजार जनालाई मात्रै सेवा दिन सक्ने बताएपछि विभागले सोहीअनुसारको कोटा प्रणाली राखेर प्रणाली विकास गरेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु बताउँछन् । उनका अनुसार यसअघिको प्रणालीमा धेरै सेवाग्राहीको कार्यालय भिजिट गर्ने मिति नै करिव २ देखि ३ बर्ष पछि थियो । त्यसमध्ये पनि धेरैजसो सेवाग्राहीहरु सक्कलीभन्दा नक्कली बढी हुने अवस्था थियो । त्यस्तो हुँदा सक्कली सेवाग्राहीले पालो नपाउने अवस्था पनि सिर्जना भएको थियो । सोही समस्यालाई मध्येनजर गर्दै सक्कली सेवाग्राहीहरुले मात्रै फारम भर्ने र पालो पाउन सक्ने गरी नयाँ प्रणाली विकास गरिएको हो ।

‘हामीले खास सेवाग्राहीको समस्यालाई नै मध्येनजर गरी नयाँ प्रणाली विकास गरेका हौं,’ उनले भने, ‘यसअघि रद्द गरिएका आवेदकहरुको चाप बढी भएकाले केहि समय मिति नपाईने समस्या रहेपनि विस्तारै त्यो समस्या सल्टिँदै जानेछ ।’ विभागको पुरानो अनलाइन आवेदन प्रणालीमा करिव ७ लाख बढीले आवेदन भरेका थिए । सोही आवेदनलाई विभागले रद्द गरिदिएको थियो । हाल नयाँ प्रणालीको विकास भएपछि काठमाडौं उपत्यकालगायत देशका ठूला शहरमा अवस्थित यातायात कार्यालयको पालो आवेदन खुलेको केही समयपछि पूरा भइरहेको । तर, जुम्ला, सुर्खेतलगायत कार्यालयमा सेवाग्राहीको भीड कम हुँदा जतिखेरै आवेदन दिएपनि पालो पाईने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL