Logo

प्रहरी नियन्त्रणमा रहेका व्यवसायीलाई रिहा गर्न माग, आन्दोलनमा जाने चेतावानी

प्रहरी नियन्त्रणमा रहेका व्यवसायीलाई रिहा गर्न माग, आन्दोलनमा जाने चेतावानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निजी क्षेत्रले लोमस फर्मास्यूटिकल्स र देउराली जनता फर्मास्यूटिकल्सका व्यवस्थापनमा रहेका व्यक्तिहरुलाई रिहा गर्न माग गरेका छन् । सरकारको नियन्त्रणमा रहेका ती व्यक्तिहरुलाई अविलम्व रिहा नगरे निजी क्षेत्र कडा भन्दा कडा आन्दोलनमा जान वाध्य हुनेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भुकम्प तथा नाकाबन्दी पछि सञ्चालनमा आउन थालेका उद्योग व्यवसाय नियन्त्रणमा लिएको भन्दै त्यस्तो कार्यप्रति भत्र्सना गरेको हो । सरकारको उद्योग व्यवसायहरु माथि विभिन्न वहानामा प्रहरी प्रशासनको वलमा धरपकड गर्ने, नियन्त्रणमा लिने तथा मुद्धामामला लगाई उनीहरुमा मानसिक त्रास उत्पन्न गराउने कार्यप्रति निन्दा एवं भत्सर्ना गरेको हो ।

विगत केही समयदेखि उद्यमी व्यवसायीहरु माथि वस्तुको विक्री मुल्यका नाउमा श्रृंखलावद्ध रुपमा भएका धरपकडका घटना प्रति आपत्ति व्यक्त गरका छन् ।
‘लोमस फर्मास्यूटिकल्स प्रा.लि र देउराली जनता फर्मास्यूटिकल्स प्रा.लिका व्यवस्थापनमा रहेका केही व्यक्तिहरुलाई औषधिको मुल्य नघटाएको भन्दै धरपकड भएको घटनाले निजी क्षेत्र सरकारको रवैयाबाट ज्यादै दुःखित, चिन्तित र दिक्क भएको छ ’ विज्ञप्तिमा उल्लेख छ ।

साथै अत्यन्त असहज परिस्थितिमा पनि उद्योग संचालन गरेर औषधि उत्पादन गर्ने उद्यमी व्यवसायीहरुलाई उत्साहित गर्नुपर्नेमा उल्टै निरुत्साहित गर्ने, वातावरण आतंकित वनाउने कार्य कुनै पनि सभ्य नभएको निजी क्षेत्रको तर्क छ । साथै अप्रमाणित, एकोहोरो र भरपर्दो सूचना विनानै एकतर्फी रुपमा धरपकड गर्नु कुनै पनि सामाजिक न्यायको सिद्धान्तभित्र नपर्ने समेत बताइएको छ ।

महासंघ र परिसंघका जिम्मेवार पदमा रहेका उद्यमी व्यवसायीहरुलाई विना कुनै सूचना एवं प्रष्टिकरणको मौका समेत नदिई एकतर्फी रुपमा धरपकड गरेको भन्दै त्यसप्रति आपत्ती जनाएको छ । साथै यसबाट नकारात्मक सन्देश जाने भन्दै गम्भीर भएर सोच्न समेत सरकारसंग आग्रह गरेको छ । ‘बजारमा विक्री हुने वस्तुको गुणस्तर, मूल्यलगायतको अनुगमन गर्ने निहुमा दुईवटा उद्योग व्यवसायीलाई लक्षित गरी अनुगमन गर्ने, छापा मार्ने र वस्तु स्थितिलाई अर्कै ढङगवाट प्रस्तुत गर्ने काम भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ‘यसबाट कस्तो प्रकारको संदेश दिन खोजिएको होमहासंघ र परिसंघ सरकारसंग स्पष्ट पार्न माग गर्दछ ।’

कुनै पनि उद्यँेगी वा व्यापारीका वारेमा राम्रो अध्ययन र छानवीन नगरी एकाएक छापा मार्ने र कालोवजारीको विल्ला भिराई नियन्त्रणमा लिने, मानमर्दन गर्ने, मुद्दा चलाउने प्रक्रियागत ढंगले त्रुटिपूर्ण मात्र होइन न्यायसंगत नभएको बताएको छ ।

त्यस्तै अनुगमनको निहूंमा उद्योग व्यवसायिक फर्म माथि सुनियोजित किसिमले कार्वाही गर्ने उद्यमी व्यवसायी नियन्त्रणमा लिने कामले सरकारले सस्तो लोकप्रियता खोजेको आरोप समेत निजी क्षेत्रको छ । साथै यस्ता कामबाट आपूर्ति सहज नभै आपूर्ति व्यवस्था झन जटिल बन्न सक्ने चेतावनी दिएको छ ।

प्रबलजंग पाण्डे र प्रचोलजंग पाण्डेलाई नियन्त्रणमा लिएको हो । त्यस्तै देउराली जनता महाप्रबन्धक निलराज आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL