Logo

नेपाली बजारमा आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ । मगंलबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निधारर्ण गरिएको छ ।

त्यस्तै चाँदीको मुल्य भने बुधबार बढेको छ । मगंलबार प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदी बुधबार पाँच रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL