Logo

कांग्रेस नेतृत्वको त्रिपक्षीय प्रतिस्पर्धा, पौडेलको पल्ला भारी

कांग्रेस नेतृत्वको त्रिपक्षीय प्रतिस्पर्धा, पौडेलको पल्ला भारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तीनै पक्षका नेताहरुले अडान कायम राख्दै उम्मेद्वारी दर्ता गरेपछि कांगे्रसको नेतृत्व छनौटमा त्रिपक्षीय भिडन्त हुने भएको छ । उम्मेद्वारी कसैले फिर्ता नलिएपछि चुनामा त्रिपक्षीय भिडन्त हुने भएको हो । भोलि विहानदेखि चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।

त्रिपक्षीय भिडन्त

मुलुकभर र विदेशस्थित सम्पर्क समितिहरुबाट समेत बहुमत आएपछि संस्थापन पक्षबीच कसले नेतृत्व लिने भन्ने व्यापक होडबाजी चल्यो । रामचन्द्र पौडेल, डा रामशरण महत, कृष्ण सिटौला, प्रकाशमानसिंह र सुजाता कोइराला समेतले सभापतिमा इच्छा राखे । डा महत, सिंह र सुजाताले संस्थापनलाई एकढिक्का बनाउन त्याग गरेपछि सिटौला मात्र भिलेनको रुपमा अगाडि आएका छन र त्रिपक्षीय भिडन्त हुने स्थिति बनेको छ । स्थितिको विश्लेषण गर्दा दोस्रो चरणले मात्र नतिजा दिने देखिएको छ ।Sher Bahadur Deuba Ram Chandra Paudel Krishna Prasad Sitaulaपहिलो चरणमा महामन्त्रीमा डा सशांक कोइरालाले जित्ने तर सभापतिको चुनाव भने दोस्रो चरणमा जाने देखिएको छ । दोस्रो चरणमा पुग्दा सिटौलाहरुले संस्थापनलाई सहयोग गर्ने भएकोले पौडेललाई फाइदा पुग्नेछ । संस्थापन पक्ष बलियो भएपनि केही नेता देउवातिर गएपछि विग्रिएको थियो । तर शुक्रबार बेलुकाबाट केही नेता र देउवातिर गएका असन्तुष्ट कार्यकर्ताहरु संस्थापनतिर फर्किन थालेपछि पौडेल केही बलियो बन्न थालेको देखिएको छ ।

दुवै पक्षमा डा महतको चर्चा

परिस्थितिको विश्लेषण गरी तुरुन्तै दुवै गुटलाई समन्वय गर्न क्रियाशील बनेका डा महत त्यसबेला हिरो बने, जतिबेला संस्थापनले एकढिक्का भएर चुनावी प्रतिस्पर्धा गर्नुपर्ने भन्नासाथ प्रकाशमान र सुजाताले उम्मेद्वारी फिर्ता लिए । नेपाली कांग्रेसभित्र पृथक छविसहित विकासवादी र गुटवन्दी नगर्ने नेताको रुपमा रहेका डा महतले पहिलो चरणमा पौडेल देउवा दुवैलाई वर्तमान संकटको बेला एकढिक्का भएर अघि बढ्न आग्रह गरे । कुरा नमिलेपछि आफूले पद त्याग गरेर उनी संस्थापन भित्रको एकतामा लागे ।

सबैलाई समेट्ने समन्वयकारी नेताको रुपमा स्थापित डा महत केसी परिवारबाहेक दुवै पक्षमा लोकप्रिय छन । देउवाको संरक्षकत्वमा रहेका धेरै नेता कार्यकर्ताहरु पनि देउवाको ढल्कँदो उमेरसँगै डा महतको संरक्षकत्व खोजिरहेका छन । संस्थापन भित्रको मुख्य रणनीतिकारको रुपमा रहेका छन र विभिन्न गुटमा विभक्त संस्थापनभित्रको गुट व्यवस्थापनमा सफल देखिएका छन । संस्थापनको व्यवस्थापन कोइराला परिवारबाट हुँदै आएकोमा त्यसको जिम्मा पनि डा महतले पाएका छन ।

मतदाता तानातान

संस्थापनलाई सबैतिरबाट ६६ प्रतिशतभन्दा बढी मतप्राप्त छ । तर अहिले केही मत देउवा पक्षले तानेको जनाइएको छ । तर संस्थापन पक्षले केही टाउको मात्र लगेको र बाँकीमत संस्थापनमै सुरक्षित रहेको दाबी गरेको छ । संस्थापन पक्षका एक नेताका अनुसार असन्तुष्टि भएका केही जिल्लाबाट केही नेताहरु चलायमान भएका हुन । तर अर्को जिल्लाबाट अर्को पक्षका असन्तुष्टहरु संस्थापनतिर आएका छन । केवी गुरुङ र फरमुल्लाह मन्सुर विरोधीहरु संस्थापनमा तुरुन्तै आइहाले । यसले गर्दा क्षतिपूर्ति भैहाल्यो । गुरुङ र मन्सुर संस्थापनबाट देउवातिर गएका थिए । उनको भनाईमा सिटौलातिर गएका मतदाताहरु धमाधम संस्थापनतिर फर्किन थालेका छन ।

भ्रष्टाचारी छवि भएका, घैटे लगायत डनहरुसँग साँठगाँठ भएका नेताहरु, पैसाको बलमा आएका व्यापारीहरुको दबदबा भएपछि देउवा प्यानल भित्र व्यापक असन्तुष्टि बढेको छ । देउवा प्यानलमा व्यापारीलाई ठाउँ दिइएको र बर्षौदेखि खटेका कार्यकर्ताहरु खिन्न बन्दै अर्कोतिर फर्किन थालेका छन । संस्थापनबाट देउवातिर गएका खोटाङका पूर्व सांसद शिव बस्नेतले टिकट नपाएपछि उनीलगायत केही कार्यकर्ताहरु फेरि संस्थापनतिरै फर्किएका छन ।

सिटौला मनोनितबाट मात्र ह्वात्तै माथि आएका हुन, संगठनमा पक्कड छैन

गिरिजाप्रसाद कोइरालालाई रिझाएर ह्वात्तै माथि आएका हुन र संगठनमा खास पक्कड छैन । पार्टीभित्र धेरै वरिष्ठ नेताहरु भएको र उनी मनोनितबाट ह्वात्तै माथि आएकोले सिटौलाको व्यवस्थापन चुनौतीपूर्ण रहेको छ ।

कोइरालाका साथै उनी साउथ ब्लकको बलमा नेपाली राजनीतिमा स्थापित हुन खोजेकोले पनि धेरैलाई अपाच्य छन । जति मत ल्याउछन त्यसको आधारमा पार्टीभित्र बार्गेनिङ गर्ने दाउमा छन । गगन थापालाई भने अर्जुननरसिंह केसीले मोहोरा बनाई आफ्नो विरोधीको मत कटाउन मात्र सिटौलाको गुटमा पठाएको महाधिवेशन प्रतिनिधिहरुबीच चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL