Logo

बंगलादेशद्वारा ऊर्जा सहकार्यको प्रस्ताव, पर्यटन र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न सकिने

बंगलादेशद्वारा ऊर्जा सहकार्यको प्रस्ताव, पर्यटन र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बंगलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले बंगलादेशलाई ऊर्जाको आवश्यकता रहेको र त्यसका लागि नेपालसँग प्रस्ताव गरिसकेको बताएका छन् ।

शुक्रवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले दुई देशबीच ऊर्जाका आदानप्रदान गर्न सकिने सम्भावना रहेकाले दुई देशका सरकारले तत्कालै पहल थालनी गर्नुपर्ने बताए ।
गङ्गा, ब्रह्मपुत्र र मेघना नदी (जिबिएन) बेसिनबाट ८० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने उनले जानकारी दिए । साथै सो क्षेत्रको पानी र ऊर्जाको संकट अन्त्य गर्न सकिने भएकाले यसमा साझेदारीको आवश्यकता औँल्याए ।

मन्त्री इनुले बंगलाखेशको स्वतन्त्रता संग्राममा हतियार सहयोग गरेर नेपालले गुण लगाएको भन्दै दुई देश सांस्कृतिक बन्धनमा बाँधिएको भन्दै दुई देशबीच आर्थिक, पर्यटन र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

हाल र्बाािक ७ हजार बंगलादेशी पर्यटक नेपाल आउने गरेकामा सडक मार्ग खुला भएपछि यो संखया बढ्ने सम्भावना व्यक्त गरे । साथै नेपालको हिमाल, पहाड हेर्न बङ्गलादेशी र बङ्गलादेशको नदी, समुद्री किनार हेर्न नेपाली पर्यटक जानसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL