Logo

स्वास्थ्य मन्त्रालयले माग्यो १ सय १० जना कर्मचारी, न्यूनतम योग्यता स्नातक उत्तीर्ण

स्वास्थ्य मन्त्रालयले माग्यो १ सय १० जना कर्मचारी, न्यूनतम योग्यता स्नातक उत्तीर्ण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयले करार सेवामा नियुक्त गर्ने गरी विभिन्न किसिमका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । प्राविधिक पदहरुमा १ सय १० जना अधिकृतहरुको माग गरिएको हो ।

मन्त्रालयले मेडिकल अधिकृत, मेडिकल ल्याब टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतहरुको माग गरेको छ ।

आठौं तहको मेडिकल अधिकृत तथा सातौं तहका मेडिकल ल्याक टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतको लागि दरखास्त आह्वान गरिएको छ ।

जसमध्ये सबैभन्दा धेरै ८२ जना मेडिकल अधिकृत, १७ जना नर्सिङ अधिकृत, ७ जना मेडिकल ल्याब टेक्नलोजिष्ट र ४ जना माइक्रोबायोलोजिष्टका लागि आवेदन माग गरिएको छ । मेडिकल अधिकृतहरु खटिनुपर्ने कार्यक्षेत्र पनि पदपूर्ति सम्बन्धी सूचनामै उल्लेख गरिएको छ ।

मेडिकल अधिकृतका लागि आवेदन गर्न एमबीबीबएस तथा मेडिकल ल्याब टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतका लागि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL