Logo

प्राइम लाइफ १५ औं बर्षमा प्रवेश, २६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन

प्राइम लाइफ १५ औं बर्षमा प्रवेश, २६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स १४ वर्ष पुरा गरि १५ औं वर्षमा प्रवेश गरेको छ । चूक्ता पूँजी २७८ करोड पुर्याएको कम्पनीले जीवन बीमा कोष १७६३ करोड पुर्याएको छ । यस्तै कम्पनीले हालसम्म २६ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले १७ लाख ५९ हजार ३ सय ४४ बीमालेख जारी गरी उक्त बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै कम्पनीको लगानी १८ दशमलव ३४ करोड रहेको छ ।

कम्पनी १५ औं बर्ष पुगेको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलब्ध गराइरहेको छ । कम्पनीले सो अवसरमा सिरहाको मुसर बस्तिमा भाँडाकुडा सहयोग गरेको छ ।

हाल प्राइम लाइफ इन्स्योरेन्सका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्बन्धित पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने अवस्थ रहेको छ । प्राइम लाइफ इन्स्योरेन्सले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL