Logo

मे महिनामा नेपाल आए ५३ हजार ६ सय पर्यटक, २६ हजार भारतीयले घुमे नेपाल

मे महिनामा नेपाल आए ५३ हजार ६ सय पर्यटक, २६ हजार भारतीयले घुमे नेपाल



काठमाडौं । मे महिनाभरी ५३ हजार ६ सय ८ जना पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार मे महिनामा विभिन्न देशबाट उक्त संख्यामा पर्यटक नेपाल घुम्न आएका हुन् ।

तर, यो संख्या अप्रिलको तुलनामा कम हो । अप्रिल महिनामा नेपालमा ६१ हजार ५ सय ८९ पर्यटक नेपाल घुम्न आएका थिए । सन २०२२ को ५ महिनामा कुल १ लाख ९३ हजार ९ सय ४४ पर्यटक नेपाल घुम्न आएका छन् । जसमध्ये जनवरी महिनामा १६ हजार ९ सय ७५ पर्यटक नेपाल भित्रिएका थिए भने दोस्रो महिना अर्थात फेब्रअरी महिनामा १९ हजार ७ सय ६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरीको तुलनामा फेब्रुअरीमा ३ हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै गत मार्च महिनामा नेपालमा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसको पछिल्लो महिना अप्रिलमा भने नेपाल घुम्न आउने पर्यटकको संख्या ६१ हजार ५ सय ८९ पुगेको थियो । तर, यो संख्या मे महिनामा घट्यो ।

तथ्यांक अनुसार मे महिनामा भारतबाट मात्रै २६ हजार ६ सय ६२ जना पर्यटक नेपाल घुम्न आएका छन् । भारतलगायत सार्क मुलुकबाट मे महिनामा ३० हजार ५ सय ६६ जना, एशियाका अन्य देशबाट २ हजार २ सय २२ जना र युरोपबाट ६ हजार ८ सय ९५ जना पर्यटक नेपाल आएका छन् । यस्तै अष्ट्रेलियाबाट १६ सय ६ जना, अमेरिकाका क्यानडा र अमेरिकाबाट ८ हजार ३३ जना पर्यटक नेपाल घुम्न आएका हुन् ।

अध्यागमन विभागका अनुसार मे महिनामा हवाई मार्ग भएर कूल ६१ हजार ५ सय ८९ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL