Logo

अब सिंगल इन्जिन हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य, तारा एयर दुर्घटनापछि नयाँ व्यवस्थाको तयारी

अब सिंगल इन्जिन हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य, तारा एयर दुर्घटनापछि नयाँ व्यवस्थाको तयारी



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।

एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए।

पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए । अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्