Logo

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो वृद्धि, नेपालमा फेरि बढ्ला पेट्रोल र डिजेलको भाउ ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो वृद्धि, नेपालमा फेरि बढ्ला पेट्रोल र डिजेलको भाउ ?



काठमाडौं । युरोपेली युनियन (ईयू) को निर्णयपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । युरोपेली संघका नेताहरूले सोमबार रुसलाई ठूलो झट्का दिँदै सन् २०२२ को अन्त्यसम्म रुसी तेल आयात कटौती गर्न सहमत भएका छन् । त्यसपछि मंगलबार कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ । यस्तो अवस्थामा आगामी दिनमा फेरि पेट्रोल र डिजेलको मूल्य बढ्ने हो कि भन्ने प्रश्न उठेको छ ।

मूल्य प्रति ब्यारेल १२२ डलर पुग्यो

समाचार एजेन्सी रोयटर्सका अनुसार मंगलबार ब्रेन्ट क्रुडको मूल्य ३३ सेन्टले बढेर प्रति ब्यारेल १२२ डलर नाघेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट डब्लुटीआइ) मा, यो शुक्रबार प्रति ब्यारेल ११७.३१ मा व्यापार भएको थियो । सोमबार सार्वजनिक बिदाका कारण अमेरिकाले सम्झौता गर्न सकेन । अमेरिका र युरोपेली समर ड्राइभिङ सिजनका कारण यसअघि माग र आपूर्तिबीच तनावपूर्ण अवस्था छ ।

इयुको पूर्ण निर्णय के छ ?

ईयूको कार्यकारी शाखाका प्रमुख उर्सुला भोन डेर लेयनले यो दण्डात्मक कदमले रसियाबाट ईयूमा वर्षको अन्त्यसम्ममा ९० प्रतिशतले तेल आयातलाई प्रभावकारी रूपमा घटाउने बताएकी छन्। अस्थायी छुट प्रदान पाइपलाइनबाट आयात गरिदै आएको रूसी तेल पनि यो प्रतिबन्धमा समावेश छ। यस निर्णयमा सहमतिका लागि हंगेरीको स्वीकृति महत्त्वपूर्ण थियो र हँगेरीले अहिले सहमति जनाएको छ ।

नेपालमा मूल्य बढ्ला ?

नेपालले अन्तराष्ट्रिय बजारबाट कच्चा तेल खरीद गर्दैन । नेपाल आयल निगमले भारतीय आयान निगमबाट प्रशोधित तेल खरीद गर्ने भएकाले मूल्यको निर्धारण पनि भारतले तय गर्ने मूल्यमा हुँदै आएको छ । भारतले अन्तराष्ट्रिय बजारअनुसार मूल्य थपघट गर्ने भएकाले नेपालमा पनि अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा मूल्य बढने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL