Logo

संचार मन्त्रालयका लागि ८ अर्ब ५९ करोड विनियोजन, इन्टरनेटको शुल्क घटाईने

संचार मन्त्रालयका लागि ८ अर्ब ५९ करोड विनियोजन, इन्टरनेटको शुल्क घटाईने



काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष इन्टरनेटको शुल्क घटाउने भएको छ । आगामी आर्थिक बर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको पहुँच विस्तारका लागि इन्टरनेटको शुल्क घटाउने बताएका छन् ।

उनका अनुसार अब ग्रामिण भेगमा पनि इन्टरनेटको पहुँच पुर्याईनेछ । सरकारले संचार तथा सूचना प्रविधिको विस्तारका लागि संचार मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL