Logo

६८ बर्ष पुगेकाले वृद्धभत्ता पाउने, भत्ता नलिनेलाई सरकारले सम्मान गर्ने

६८ बर्ष पुगेकाले वृद्धभत्ता पाउने, भत्ता नलिनेलाई सरकारले सम्मान गर्ने



काठमाडौं । सरकारले अब ६८ बर्ष पुगेका वृद्धवृद्धालाई वृद्धभत्ता दिने भएको छ । आगामी आर्थिक बर्षको बजेटमा नै यो कुरा समेटिएको हो ।

आगामी आर्थिक बर्षको बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब ६८ बर्ष पुगेका नागरिकले वृद्धभत्ता पाउने बताएका हुन् । यसअघि सरकारले ७० बर्ष पुरा भएका नागरिकलाई मात्रै वृद्धभत्ता दिने गरेको थियो ।

यस्तै सरकारले स्वईच्छाले सामाजिक सुरक्षा भत्ता नलिने नागरिकलाई सम्मान गर्ने व्यवस्था बजेटमार्फत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL