Logo

तयारी पोसाकलाई कर छुट र नगद अनुदान माग,वैदेशिक लगानीको वातावरण बनाउन आग्रह

तयारी पोसाकलाई कर छुट र नगद अनुदान माग,वैदेशिक लगानीको वातावरण बनाउन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघले तयारी पोशाकमा कर र नगद अनुदान माग गरेको छ । संघले ५ बर्षका लागि कर छुट र १५ प्रतिशत नगद अनुदान माग गरेको हो ।

अमेरिकी सरकारले दिएको भन्सार रहित सुबिधा र त्यसको सदुपयोगका बारेमा उद्योग मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा तयारी पोशाक उद्योगीहरुले त्यस्तो सहुलियतको माग गरेका हुन् ।

सो अवसरमा संघका कार्यवाहक अध्यक्ष चण्डीप्रसाद अर्यालले उत्पादन लागत घटाउन र प्रतिष्पर्धी क्षमता विकासका लागि त्यस्तो सुबिधा आवश्यक रहेको बताए । त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा तयारी पोशाक व्यवसायी शंकर पाण्डेले तयारी पोशाक उद्योगमा वैदेशिक लगानी आवश्यक रहेकाले सरकारले त्यसका लागि वातावरण बनाउनु पर्नेमा जोड दिए ।

छलफललाई सम्बोधन गर्दै उद्योग मन्त्री सोम प्रसाद पाण्डेले अमेरिकाले उपलब्ध गराएको सहुलियतको उच्चतम लाभ लिन सरकारले सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले सिमरामा ३ सय ५० बिगाह जमिनमा तयारी पोशाकका लागि छुट्टै बिशेष आर्थिक क्षेत्र(सेज) निर्माण गर्न लागेको जानकारी पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL