Logo

विदेशी नागरिकले पनि अपार्टमेन्ट खरिद गर्न पाउने, हदबन्दीभन्दा बढी जमिन बिक्री गर्न सकिने

विदेशी नागरिकले पनि अपार्टमेन्ट खरिद गर्न पाउने, हदबन्दीभन्दा बढी जमिन बिक्री गर्न सकिने



काठमाडौं । विदेशी नागरिकले पनि नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने भएका छन् । सरकारले आगामी आर्थिक बर्ष २०७९।८० को बजेटमार्फत विदेशी नागरिकले पनि विदेशी मुद्रामै अपार्टमेन्ट खरिद गर्न सक्ने व्यवस्था गरेको हो ।

बजेटमा गरिएको व्यवस्था अनुरुप १०० भन्दा बढी युनिट रहेको आपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई बिक्री गर्न सकिने छ ।
यसैगरी सरकारले उद्योग तथा कृषिले लिएको हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न पाउने व्यवस्था गरेको हो ।

यसअघि कृषि खेती तथा उद्योगको नाममा हदबन्दी भन्दा बढी जग्गा लिएको खण्डमा बिक्री गर्न नमिल्ने व्यवस्था रहेको थियो । तर, अबका दिनमा उद्योग तथा कृषिको लागि हदबन्दीभन्दा बढी जमिन भएका बैंक ऋण तिर्नका लागि नेपाल सरकारलाई राजस्व तिरेर बिक्री गर्न सकिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL