Logo

अर्थमन्त्री जनार्दन शर्माद्धारा सदनमा आगामी आवको बजेट पेश

अर्थमन्त्री जनार्दन शर्माद्धारा सदनमा आगामी आवको बजेट पेश



काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश भएको छ ।

आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश अनुमति दिएका थिए ।

बैठकमा अहिले अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रतिनिधिसभाको बैठकले शनिबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो ।

https://fb.watch/dj1hFTW_FP/

प्रतिक्रिया दिनुहोस्
MBL