Logo

सामाजिक सुरक्षा भत्तावापत ४६ अर्ब ४२ करोड रुपैयाँ खर्च, अनलाइन प्रणालीमा जोडिए २८ लाख बढी

सामाजिक सुरक्षा भत्तावापत ४६ अर्ब ४२ करोड रुपैयाँ खर्च, अनलाइन प्रणालीमा जोडिए २८ लाख बढी



काठमाडौं । सरकारले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म सामाजिक सुरक्षावापत ४६ अर्ब ४२ करोड ३५लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको प्रतिनिधि सभामा पेश गरेको चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षणमा उक्त कुरा उल्लेख छ ।

सर्वेक्षण अनुसार फागुन मसन्तसम्म ३४ लाख ५० हजार ८ सय जनालाई उक्त रकम वितरण गरिएको हो । जसमा ज्येष्ठ नागरिक, एकल महिला, अपांग भएका व्यक्तिहरु, लोपोन्मुख जाति, बालबालिकालगायत रहेका छन् । फागुन मसान्तसम्म सामाजिक सुरक्षाको अनलाईन प्रणालीमा २८ लाख बढी सेवाग्राहीहरु जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL