Logo

फ्रान्सेली राजदूत र चेम्बर पदाधिकारीबीच भेट, काठमाडौं–पेरिस हवाइ उडानवारे छलफल

फ्रान्सेली राजदूत र चेम्बर पदाधिकारीबीच भेट, काठमाडौं–पेरिस हवाइ उडानवारे छलफल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दुई देशवीचको आर्थिक, सामाजिक एवं निजी क्षेत्रको सम्वन्ध विस्तार गर्ने विषयमा नेपालका लागि फ्रान्सेली राजदूत याभिस कारामोना र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीबीच छलफल भएको छ । नेपालमा संविधान जारीसँगै लगानीको ढोका खुलेकाले आगामी दिनमा फ्रान्सेली लगानी भित्र्याउने विषयमा समेत छलफल भएको चेम्बरका महासचिव कमलेशकुमार अग्रवालले बताए ।

छलफलमा राजदूत मारामोनाले नेपाल र फ्रान्सवीचको आर्थिक विकासमा आफूले सक्दो सहयोग गर्ने जानकारी दिँदै सम्वन्ध विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए । ‘फ्रान्स सरकार आर्थिक कुटनीतिको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्न प्रयासरत छ,’ उनले भने, ‘यसका लागि दुई देशबीच मेला÷गोष्ठीको आयोजना तथा व्यापारिक प्रतिनिधिमण्डलहरुको आदानप्रदान हुनु जरुरी छ ।’ साथै, नेपालको पर्यटन उद्योगको विकासका लागि विभिन्न कार्यक्रम ल्याउनु आवश्यक रहेको भन्दै सार्वजनिक यातायातको विकासमा ध्यानदिन आग्रह गरे ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल विशाल अर्थतन्त्र भएको चीन र भारतको विचमा अवस्थित रहेकोले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको बताए , ‘चीनले करिव ८ हजार बस्तुमा भन्सार सुविधाप्रदान गरेको छ भने भारतसँग विद्युत विकास तथा विद्युत व्यापार सम्झौता भइसकेको छ,’ उनले भने, ‘संविधान जारी भई राजनैतिक स्थायीत्व भएकोले नेपालमा लगानी गर्नका लागि उपयुक्त समय हो ।’

दुई देशबीचको आर्थिक, सामाजिक सम्वन्धलाई अझ मजबुत बनाउन काठमाडौं –पेरिस प्रत्यक्ष हवाई उडानको आवश्यकता रहेको श्रेष्ठले बताए । साथै, भिसा प्रक्रियालाई सरलीकरण गरी नेपालस्थित फ्रान्सेली दूतावासबाटै भिसाजारी हुनु उनको माग थियो ।

अध्यक्ष श्रेष्ठले नेपालबाट फ्रान्स निर्यात हुने बस्तुहरु कार्पेट, गार्मेन्ट, हस्तकलाका बस्तुहरु लगायत कृषिजन्य बस्तुहरुको बजारीकरणमा राजदूतको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताए । फ्रान्सले गरेको आर्थिक तथा भौतिक उपलव्धीलाई नेपालको उर्जा, पर्यटन, कृषि, पूर्वाधार, खनिज तथा खानीजजन्य, शिक्षातथा स्वास्थयजस्ता सेवा उद्योगमा लगानी गरी फाईदा श्रेष्ठको अनुरोध थियो ।

कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाललगायत कार्यसमिति सदस्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL