Logo

काठमाडौंका मतदाताले पत्याएका युवा : मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डंगोल

काठमाडौंका मतदाताले पत्याएका युवा : मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डंगोल



काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् भने उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार सुनिता डङ्गोल विजय भएकी छन् ।

नेकपा एमाले, नेपाली कांगेसलगायतका पार्टीगत उम्मेदवारलाई पन्छाउँदै यो पल्ट नेपालकै ठुलो शहर काठमाडौंको मेयरम पदमा स्वतन्त्रतर्फका उम्मेदवार विजयी भएका हुन् । मेयरमा विजयी शाहले नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४ सय २६ मतले पछि पारे । शाहले कुल ६१ हजार ७ सय ६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेकी हुन् । यता नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गरी तेस्रो स्थानमा ओगट्न सफल भए ।

कामपाकै उपप्रमुखमा नेकपाल एमालेका उम्मेदवार सुनिता डङ्गोल आफ्ना निकटतम प्रतिश्पर्धि नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८ सय ६ मतको मतान्तारले पछि पार्दै विजयी भईन् । । उपमेयरमा निर्वाचित डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गर्दा श्रेष्ठले २३ हजार ८ सय ६ मतमा सीमित भए ।


नव निर्वाचित कामपा प्रमुख साहले ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जीनियरिङमा स्नातक र भारतको कर्नाटकबाट स्ट्रक्चरल इञ्जीनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

उनले चुनावताका भौतिक पूर्वाधार निर्माणको योजनासँगै काठमाडौँको सडकका खाल्डाखुल्डी पनि तत्काल पुर्ने काम गर्ने एजेण्डा बनाएका थिए । यस्तै काठमाडौंको रितिरिवाज, परम्परा, सम्पदा क्षेत्रको सुरक्षालगायतका बुँदाहरुलाई उनले आफ्नो प्राथमिकतामा राखेका कारण काठमाडौंबासीले मत दिएको मान्न सकिन्छ ।

निर्वाचित भइसकेपछि उनले सुरुआती चरणमा काठमाडौंमा यसअघि जडान भएको सिसीटिभीलाई मर्मतसम्भार गर्दै सहरी सुरक्षाको लागि तत्काल १० हजार सिसीटिभी जडान गर्ने बताएका छन् । यस्तै सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घकालिन समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता सामान्य तर आवश्यक गर्नका लागि सम्बन्ध भएका निकायसँग समन्वय गरी काम गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL