Logo

नागरिक लगानी कोष र विओकेबीच सम्झौता, विओकेबाट पेन्सन भुक्तानी

नागरिक लगानी कोष र विओकेबीच सम्झौता, विओकेबाट पेन्सन भुक्तानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निवृत्तिभरण भुक्तानीका लागि नागरिक लगानी कोष र बैक अफ काठमाण्डु (विओके)वीच सम्झौता भएको छ । मंगलबार कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र विओकेका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

पेन्सन तथा उपदान कोष व्यवस्थापन गर्ने कार्यलाई विस्तार गर्ने उघद्देश्य अनुरुप सेवा निवृत्त कर्मचारीहरुका लागि पेन्सन भुक्तानी गर्ने व्यवस्था गर्न गराउन बैंकसँग सम्झौता गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । कोषको विभिन्न कार्यक्रम जस्तै यो पनि महत्वपुर्ण कार्यमा रहेको कोषले भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL