Logo

महिन्द्राको ‘जितो’ नेपाली बजारमा, मुल्य साढे ९ लाखसम्म, माइलेज ३७ किमी

महिन्द्राको ‘जितो’ नेपाली बजारमा, मुल्य साढे ९ लाखसम्म, माइलेज ३७ किमी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय मोटर निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राद्धारा उत्पादित ‘जितो’ पिकअप नेपाली बजारमा भित्रिएको छ । महिन्द्राको नेपालका लागि आधिकारीक विक्रेता दुगड ग्रूपले उक्त भ्यान नेपाली बजारमा भित्र्याएको हो ।

उक्त पिकअफ नेपालको बाटो र माटो सुहाउदो भएको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले जानकारी दिएको छ । उक्त पिकअपको पेलोड क्षमता ६ सय र ७ सय किलोग्राम रहेको छ । कम्पनीले सार्वजनिक गरेको महिन्द्रा जितोमा ‘एमडुरा’ ईन्जिन प्रयोग गरिएको र जसले ११ र १६ एच.पिको पवार प्रदान गर्ने कम्पनीको दावी छ । बढी भारवहन क्षमता र प्रतिलिटर ३७ किलोमिटर माइलेज नै प्रमुख विशेषता हो ।

jeto-mahindra

महिन्द्राले एस६–११, एल६–११ र एक्स७–१७ गरी विभिन्न ३ वटा मोडलेको पिकअप नेपाली बजारमा भित्र्याएको छ । जसको बजार मुल्य ८ लाख २५ हजार रुपैयाँदेखि ९ लाख ५० हजार रुपैयाँसम्म रहेको छ ।

उक्त गाडी खरिदमा १ वर्षको फुल ईन्स्योरेन्स, आर्थिक वर्षको सवारी कर र २ वर्ष वा ४० हजार किमीसम्मको वारण्टी उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL