काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सरकारलाई बजेटमाथि सुझाव दिएको छ । समितिको आज बसेको बैठकले आगामी आर्थिक बर्ष २०७९÷८० को बजेटमा समेट्नुपर्ने मूख्य बुँदासहितको सुझाव दिएको हो ।
समितिले दिएको सुझावमा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने, नेपालमा उत्पादित वस्तुको प्रवद्र्धनमा विशेष जोड दिनुपर्नेलगायतका बुँदाहरु समेटिएको छ ।
यस्तै समितिले सरकारी कार्यालयमा प्रयोग हुने कार्यालय सामग्रीदेखि फर्निचरसमे शुद्ध नेपाली उत्पादन हुनुपर्नेमा जोड दिनुपर्ने सुझाव सरकारलाई दिएको छ ।