Logo

काठमाडौंमा २२ हजार मतगणना बाँकी हुँदा बालेनको अग्रता २० हजार बढीको, सिंह र स्थापितबीच प्रतिस्पर्धा

काठमाडौंमा २२ हजार मतगणना बाँकी हुँदा बालेनको अग्रता २० हजार बढीको, सिंह र स्थापितबीच प्रतिस्पर्धा



काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ६८ हजार ४८७ मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५४ हजार ७१८ मत प्राप्त गरिसकेका छन् । उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३४ हजार ६०८ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले २० हजार ११० बढी मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३३ हजार ९७५ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन् ।

आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा २२ हजार ५६४ मत गणना गर्न बाँकी रहेको छ । अहिले वडा नम्बर १३ (कालिमाटी), १४ (कलंकी), १५ (डल्लु), १६ (सोह्रखुट्टे) र १७ (क्षेत्रपाटी) को मत गणना भइरहेको छ भने अन्य सबै वडाको गणना सकिएको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL