Logo

सञ्चयकोष र एनबीआईबीच सम्झौता, कोषका कर्मचारीलाई सीपविकास तालिम दिइने

सञ्चयकोष र एनबीआईबीच सम्झौता, कोषका कर्मचारीलाई सीपविकास तालिम दिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कर्मचारी सञ्चय कोषका कर्मचारीलाई विभिन्न किसिमका तालिम प्रदान गर्न कोष र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई)बीच समहति भएको छ । उक्त सहमति पत्रमा कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्य र एनबीआईका प्रमखु कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका हुन् ।

कोषले विभिन्न क्षेत्रमा लगानी गर्दै आएको र सो लगानी गर्दा जोखिम विश्लेषणका लागि सम्बन्धित कर्मचारीमा ज्ञान र सीप आवश्यक पर्ने भएकाले एनबीआईले सो सम्बन्धी तालिम प्रदान गर्ने छ । उक्त सम्झौतासँगै एनबीआईले कोषका कर्मचारीलाई निममित रुपमा सीपविकास तालिम प्रदान गर्ने छ ।

सहमती अनुसार एनबीआईले कर्मचारी संचयकोषका लागि आवश्यक पर्ने तालिमको अध्ययनगरी तालिम तथा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गर्नेछ ।

कोषमा हालसम्म ३० हजार कार्यालयका ५ लाखकर्मचारीले करिब १ खर्ब ९० अर्ब रुपैयाँ जम्मा गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
MBL